२०८३, कार्तिक ११ गते

मंगलवार, कार्तिक ११ गते २०८३

दसैँमा प्रहरीका निःशुल्क बसबाट ३ हजार ५८५ यात्रुले लिए सेवा

बिहिवार, कार्तिक ६ २०८३११:१४

नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले दसैँ पर्वका अवसरमा काठमाडौं उपत्यकामा सञ्चालन गरेका निःशुल्क बस सेवाबाट तीन हजार ५८५ यात्रुले लाभ लिएका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार नेपाल प्रहरीले सञ्चालन गरेका तीनवटा बसमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन्।

त्यस्तै, सशस्त्र प्रहरी बलले सञ्चालन गरेका दुईवटा बसबाट अष्टमी, नवमी र दशमीका दिन गरी दुई हजार १७९ यात्रुले निःशुल्क सवारी सेवा लिएको सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए।

दसैँका समयमा सार्वजनिक सवारीसाधनको कमी हुने भएकाले यात्रुको आवागमन सहज बनाउन नेपाल प्रहरी र सशस्त्र प्रहरीले निःशुल्क बस सेवा सञ्चालन गरेका हुन्। उक्त सेवाले चाडपर्वका बेला काठमाडौं उपत्यकाभित्र यात्रा गर्ने सर्वसाधारणलाई आवतजावतमा सहजता प्रदान गरेको छ।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij