२०८३, कार्तिक ११ गते

मंगलवार, कार्तिक ११ गते २०८३

११ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन प्रहरी प्रधान कार्यालयको निर्देशन

मंगलवार, कार्तिक ११ २०८३११:१२

काठमाडौं । प्रहरी प्रधान कार्यालयले लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीलाई बाटोको म्यादबाहेक सात दिनभित्र कार्यालयमा हाजिर हुन निर्देशन दिएको छ।

नक्सालस्थित प्रहरी महानिरीक्षकको सचिवालयअन्तर्गत कानुन तथा मानव अधिकार महाशाखाले मंगलबार सार्वजनिक सूचना जारी गर्दै गैरहाजिर हुनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण लिएर उपस्थित हुन निर्देशन दिएको हो।

खोजतलास गर्दा तथा प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिमको प्रक्रिया पूरा गरी सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि प्रहरी प्रधान कार्यालयले सामूहिक सूचना जारी गरी उनीहरूलाई सफाइ पेस गर्ने अन्तिम मौका दिएको जनाएको छ।

सूचनामा तोकिएको अवधिभित्र गैरहाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण दिएर हाजिर नभए प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) अनुसारको कसुरमा नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ।

हाजिर हुन निर्देशन दिइएकाहरूमा जिल्ला सशस्त्र प्रहरी गुल्म बाराका प्रहरी हवल्दार दिलिपकुमार सिंह, प्रहरी प्रभाग दरबारस्क्वायर भक्तपुरका प्रहरी जवान अनिल परियार, प्रहरी प्रभाग सानेपा ललितपुरका प्रहरी जवान संगम बीसी र इलाका प्रहरी कार्यालय दिल्पा भोजपुरका प्रहरी जवान सञ्जीव राई रहेका छन्।

त्यसैगरी प्रहरी चौकी चिलिङदिन पाँचथरका समीर लिम्बू, इलाका प्रहरी कार्यालय नवलपुर सिन्धुपाल्चोकका सन्तोष तामाङ, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका विनोद दमै, इलाका प्रहरी कार्यालय रगदा जाजरकोटका टोपबहादुर सुनार, प्रहरी चौकी स्याउले डडेल्धुराका यसोदा कुमारी बोगटी, प्रहरी चौकी मेलबिसौना बझाङका करनबहादुर विष्ट र जिल्ला प्रहरी कार्यालय कैलालीका अमरसिंह साउदलाई पनि सात दिनभित्र हाजिर हुन भनिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij