२०८३, कार्तिक ११ गते

मंगलवार, कार्तिक ११ गते २०८३

पीसीबीले एनओसी नदिँदा एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा

मंगलवार, कार्तिक ११ २०८३११:१६

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले अनापत्ति प्रमाणपत्र (एनओसी) नदिँदा नेपाल प्रिमियर लिग (एनपीएल) मा पाकिस्तानी खेलाडीको सहभागिताबारे अन्योल कायम रहेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

क्यानका अध्यक्ष चतुरबहादुर चन्दले पाकिस्तानी खेलाडीहरूको एनओसी अहिलेसम्म प्राप्त नभएको बताएका छन्। अनलाइनखबरसँग कुरा गर्दै उनले पीसीबीले एनओसीका विषयमा कुनै प्रतिक्रिया नदिएको जानकारी दिए।

‘कसैले एनओसी दिएन भने हामीले जबर्जस्ती खेलाउन सक्दैनौँ,’ उनले भने, ‘अहिलेसम्म एनओसी आएको छैन।’

अध्यक्ष चन्दले पीसीबीको कदमले फ्रेन्चाइज क्रिकेटको सम्भावना बोकेका लिगहरूलाई कमजोर पार्ने जोखिम रहेको टिप्पणी गरेका छन्। उनले यस्तो कदमले गलत नजिर स्थापित गर्ने बताए।

पीसीबीले एनपीएल खेल्न नेपाल आएका पाकिस्तानी खेलाडीलाई एनओसी दिन थप २५ हजार अमेरिकी डलर मागेको थियो। त्यसपछि पाकिस्तानी खेलाडीहरूको सहभागिताबारे अन्योल बढेको हो।

एनपीएलका तीन फ्रेन्चाइज टोली कर्णाली याक्स, जनकपुर बोल्ट्स र चितवन राइनोजले पाकिस्तानी खेलाडीलाई अनुबन्ध गरेका थिए।

कर्णाली याक्समा अनुबन्ध भएका पाकिस्तानी खेलाडी साहिबजादा फरहान स्वदेश फर्किसकेका छन् भने हुसेन तलतको सहभागिता पनि अन्योलमा छ।

त्यस्तै, जनकपुर बोल्ट्सले इफ्तिखार अहमद र हुनैन शाहलाई अनुबन्ध गरेको थियो। चितवन राइनोजमा उसामा मिर, हसन अली र मोहम्मद नवाज अनुबन्ध भएका थिए।

पाकिस्तानी खेलाडीहरूले खेल्न नपाए फ्रेन्चाइज टोलीहरूलाई विदेशी खेलाडीको चार जनाको कोटा पूरा गर्न कठिनाइ हुने देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij