२०८३, कार्तिक ११ गते

मंगलवार, कार्तिक ११ गते २०८३

राष्ट्रिय वाणिज्य बैंकको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

मंगलवार, कार्तिक ११ २०८३११:२०

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले निष्कासन गरेको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

बैंकले सात वर्ष अवधिको ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ निष्कासन गरेको हो। बैंकले प्रतिकित्ता एक हजार रुपैयाँका दरले तीन अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको छ।

कुल निष्कासित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् एक अर्ब ८० करोड रुपैयाँ बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ। बाँकी एक अर्ब २० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ। सर्वसाधारणका लागि छुट्याइएको ऋणपत्रमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।

लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम उपलब्ध सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्रको बिक्री प्रबन्धक कुमारी क्यापिटल रहेको छ। लगानीकर्ताले सी–आस्बा प्रणाली तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।

उक्त ऋणपत्रलाई केयर रेटिङ्ग्स नेपालले ‘केयरएनपी सिंगल ए प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ।

ऋणपत्रमा लगानी गर्नेले वार्षिक ६ प्रतिशत ब्याज पाउनेछन्। ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टी गरी भुक्तानी गरिने बैंकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij