२०८३, कार्तिक ११ गते

मंगलवार, कार्तिक ११ गते २०८३

मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जापानी पर्वतारोही बेपत्ता

बिहिवार, कार्तिक ६ २०८३१०:३६

मनाङको गंगापूर्ण हिमाल आरोहणका क्रममा दुई जना जापानी पर्वतारोही बेपत्ता भएका छन्। मनाङको डिस्याङ गाउँपालिका–६ मा पर्ने उक्त हिमाल आरोहणका क्रममा जापानको टोकियो निवासी हिदे सुके टेनिसी र तेचु हासिमुदो बेपत्ता भएका हुन्। दुवै जना पुरुष हुन्।

काठमाडौंस्थित कस्मो एडभेन्चर कम्पनीबाट नेपाली गाइडसहित उनीहरू भदौ २७ गते गंगापूर्ण हिमाल आरोहणका लागि गएका थिए। उनीहरूले असोज २४ गतेदेखि आरोहण सुरु गरेका थिए। सँगै गएका गाइडले असोज २९ गतेदेखि दुवै जना सम्पर्कविहीन भएको जानकारी काठमाडौंस्थित कम्पनीलाई गराएपछि घटना सार्वजनिक भएको हो।

७ हजार ४५५ मिटर अग्लो गंगापूर्ण हिमालमा आरोहण गरिरहेका उनीहरू ७ हजार ५० मिटरको उचाइबाट सम्पर्कविहीन भएका हुन्। उनीहरू बेपत्ता भएपछि हेलिकोप्टरमार्फत खोजी गरिएको थियो। खोजीका क्रममा उनीहरूले प्रयोग गर्ने झोला र लौरो फेला परे पनि दुवै पर्वतारोहीको अवस्था पत्ता लाग्न सकेको छैन।

जिल्ला प्रहरी कार्यालय मनाङकी प्रमुख प्रहरी नायब उपरीक्षक कोपिला चुडालले सम्पर्कविहीन जापानी पर्वतारोहीको खोजी जारी रहे पनि अहिलेसम्म फेला पार्न नसकिएको बताइन्।

उनले भनिन्, “हेलिकोप्टरबाट समेत खोजी गर्‍यौँ। तर अहिलेसम्म बेपत्ता भएकाहरूलाई भेटाएका छैनौँ।”

प्रहरीका अनुसार बेपत्ता पर्वतारोहीका परिवारलाई घटनाबारे जानकारी गराइएको छ। अहिले नेपालस्थित जापानी राजदूतावास, कस्मो एडभेन्चर कम्पनी र प्रहरीले उनीहरूको खोजी कार्य जारी राखेका छन्।

 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij