२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

न्यायाधीश दोषी प्रमाणित भए कारबाहीमा परबाह नगर्नू : बार

बिहिवार, कार्तिक १३ २०८३०६:१६

काठमाडौं । नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतका न्यायाधीश र विवादित मुद्दासँग सम्बन्धित व्यक्तिबीच भएको भनिएको संवाद तथा भेटघाटसम्बन्धी विषयमा निष्पक्ष छानबिनको माग गरेको छ ।

बार महासचिव एवं वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले बुधबार (कात्तिक ११) एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् । बारले सञ्चारमाध्यममा आएका आरोप र विवरणलाई अन्तिम सत्य वा कसैमाथि दोष प्रमाणित भइसकेको निष्कर्षका रूपमा लिन नमिल्ने जनाएको छ ।

"प्रत्येक व्यक्तिलाई निष्पक्ष छानबिन, आफ्नो धारणा राख्ने अवसर र प्रचलित कानुनबमोजिमको न्यायिक प्रक्रियाको पूर्ण प्रत्याभूति हुनुपर्छ भन्ने दृढ मान्यता बारको रहेको छ," विज्ञप्तिमा उल्लेख छ ।

तर, न्यायपालिकाको उच्च नेतृत्व र न्यायाधीशहरूको आचरणसँग सम्बन्धित विषयमा सत्यतथ्य, निष्पक्ष, विश्वसनीय र पारदर्शी प्रक्रियाबाट छानबिन आवश्यक रहेको विज्ञप्तिमा उल्लेख छ ।

"सम्बन्धित सबै सक्षम निकायलाई सार्वजनिक भएका विषयको निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र समयबद्ध छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न र कानुनविपरीत कार्य भएको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको पद वा हैसियतको परबाह नगरी कानुनबमोजिम आवश्यक कारबाही गर्न,’’ बारको माग छ, ‘‘तथा, आरोप प्रमाणित नभएको अवस्थामा सम्बन्धित व्यक्तिको प्रतिष्ठा र संस्थागत मर्यादाको संरक्षण हुने गरी स्पष्टता प्रदान गर्न हार्दिक आग्रह गर्दछ ।"

बारले निष्पक्ष, स्वतन्त्र, विश्वसनीय र समयबद्ध छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आग्रह गरेको छ । कानुनविपरीत कार्य भएको प्रमाणित भएमा सम्बन्धित व्यक्तिको पद वा हैसियतको परबाह नगरी कानुनबमोजिम कारबाही गर्न र आरोप प्रमाणित नभएमा सम्बन्धित व्यक्तिको प्रतिष्ठा तथा संस्थागत मर्यादाको संरक्षण हुने गरी स्पष्टता दिनसमेत बारको आग्रह छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij