२०८३, कार्तिक १३ गते

बिहिवार, कार्तिक १३ गते २०८३

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार

बुधवार, कार्तिक १२ २०८३०४:१८

नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम बिहीबार हुने भएको छ। केन्द्रीय निर्वाचन समितिका अनुसार कात्तिक १२ गते दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा शपथग्रहण कार्यक्रम आयोजना गरिनेछ।

केन्द्रीय निर्वाचन समितिका सभापति प्रेमबहादुर खड्काले शपथग्रहण कार्यक्रमको तयारी पूरा भएको जानकारी दिए। उनका अनुसार सबै पदाधिकारी तथा केन्द्रीय सदस्यलाई एकै चरणमा शपथ गराउने तयारी गरिएको छ।

“शपथग्रहणको तयारी पूरा भएको छ। एकै चरणमा सबैको शपथग्रहण गराउन सकिन्छ। सबैका लागि ठाउँ हुन्छ,” उनले भने।

कार्यक्रममा कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई सहभागी हुन बोलाइएको छ।

कांग्रेस सभापतिमा निर्वाचित गगनकुमार थापाले यसअघि नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। बिहीबारको कार्यक्रममा उनले बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई शपथ गराउने कार्यक्रम रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij