स्पेनको टोलेडो क्षेत्रमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३९ जनाको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन्।
स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै स्काइ न्युजले दुर्घटनामा कम्तीमा ३९ जनाले ज्यान गुमाएको जनाएको छ। यद्यपि, मृतकको यो संख्या स्वतन्त्र रूपमा पुष्टि भइसकेको छैन।
दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले टोलेडोमा भएको गम्भीर रेल दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आफू स्तब्ध भएको बताएका छन्।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री सान्चेजले दुर्घटनाबारे आफू यातायातमन्त्री र कास्टिला–ला मन्चा क्षेत्रका अध्यक्षसँग निरन्तर सम्पर्कमा रहेको जानकारी दिएका छन्।
दुर्घटनाको कारण, घाइतेको संख्या र उद्धार कार्यबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।
प्रतिक्रिया दिनुहोस