नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध पहिले बलिङ गर्ने भएको छ।
विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।
चितवनको कप्तानी रवि बोपाराले गरिरहेका छन्। यसअघिका कप्तान कुशल मल्ल भने आजको खेलमा प्लेइङ–११ मा परेका छैनन्।
टस हारेपछि चितवनका कप्तान बोपाराले पछिल्ला खेलमा लगातार टस हार्दै आएको उल्लेख गर्दै यसपटक राम्रो स्कोर बनाएर त्यसको बचाउ गर्ने बताए।
‘मैले पछिल्ला खेलहरूमा नौ खेलमा टस हारेको छु। अब राम्रो स्कोर बनाएर डिफेन्ड गर्छौं,’ उनले भने।
आजको खेलमा दुवै टोली जित निकाल्दै प्रतियोगितामा आफ्नो स्थिति बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रिएका छन्।
प्रतिक्रिया दिनुहोस