२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

ओलीको आरोप : ‘देशले स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न पाएको छैन’

बुधवार, कार्तिक १२ २०८३०३:४५

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले सिंगो राज्य स्वतन्त्रता र स्वाधीनताको प्रयोग गर्न नसक्ने अवस्थामा पुगेको टिप्पणी गरेका छन्।

पार्टीको केन्द्रीय सदस्यमा मनोनीत तीन जनालाई शपथ गराउँदै अध्यक्ष ओलीले देशलाई स्वतन्त्रता र स्वाधीनताको पूर्ण उपयोग गर्न सक्ने अवस्थामा पुर्‍याउन आन्दोलनको विकल्प नभएको बताए।

“अहिले देशले स्वतन्त्रता उपयोग गर्न पाएको छैन, स्वाधीनता खण्डित भएको छ। देश कमसेकम स्वतन्त्रताको प्रयोग, स्वाधीनताको प्रयोग गर्न सक्ने हुनुपर्छ,” उनले भने।

ओलीले देशमा नागरिकले खुलेर बोल्नसमेत नसक्ने गरी राज्य आतंक सिर्जना गरिएको आरोप लगाए। उनले मुलुकमा गुण्डाराज चलिरहेको र सरकार बेलगाम रूपमा फासीवादतर्फ अगाडि बढिरहेको टिप्पणी गरे।

त्यस्तै, पार्टीको सही नीति र विचारका आधारमा एकताबद्ध तथा अनुशासित ढंगले अघि बढ्दा मात्रै कार्यकर्तामा उत्साह भर्न सकिने उनले बताए।

एमाले सत्य, न्याय, देश र जनताको पक्षमा रहेको दाबी गर्दै ओलीले आगामी स्थानीय तहको निर्वाचनमा पार्टीले विजय हासिल गर्ने विश्वास व्यक्त गरे।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij