२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

परराष्ट्रमन्त्री खनाल र फ्रान्सकी नवनियुक्त राजदूतबीच भेटवार्ता

बुधवार, कार्तिक १२ २०८३०३:३२

परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज पुइगिन्जाबीच भेटवार्ता भएको छ।

परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।

भेटका क्रममा नेपाल र फ्रान्सबीच आपसी हितका विभिन्न विषयमा छलफल भएको थियो। त्यस अवसरमा हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यका क्षेत्रमा दुई देशबीच सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

दुई देशबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउने तथा साझा हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा समेत भेटवार्ता केन्द्रित रहेको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij