२०८३, कार्तिक ११ गते

मंगलवार, कार्तिक ११ गते २०८३

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध जेनजी नागरिक अभियानले विरोध सभा गर्ने

सोमवार, कार्तिक १० २०८३१०:१५

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गर्ने सरकारी निर्णयप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय जेनजी नागरिक अभियानले विरोध सभा गर्ने भएको छ।

अभियानको केन्द्रीय समितिले आइतबार सूचना जारी गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा गत असोज ३० गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको नियुक्ति निर्णयप्रति आपत्ति जनाएको हो।

अभियानका अनुसार आनी छोइङ डोल्मामाथि नागरिकता किर्ते तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा विचाराधीन रहेकाले यस विषयमा निष्पक्ष छानबिन हुनुपर्ने माग गरिएको छ।

अभियानले उनीमाथि उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्नुपर्ने तथा नियुक्तिको कानुनी आधार र औचित्य सार्वजनिक गर्नुपर्ने मागसमेत अघि सारेको छ।

यसैबीच, अभियानले सोमबार बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा शान्तिपूर्ण विरोध सभा आयोजना गर्ने जनाएको छ। कार्यक्रममा जेनजी, बौद्ध धर्मावलम्बी, नागरिक समाज, सरोकारवाला तथा पत्रकारलाई उपस्थितिका लागि अभियानले अनुरोध गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij