२०८३, कार्तिक ११ गते

मंगलवार, कार्तिक ११ गते २०८३

बहुविवाह मुद्दामा दोषी ठहर भएका गुरुङ सात वर्षपछि पक्राउ

मंगलवार, कार्तिक ११ २०८३१०:५२

स्याङ्जा । बहुविवाह मुद्दामा दोषी ठहर भई फरार रहेका स्याङ्जाको फेदीखोला गाउँपालिका–२ का ४२ वर्षीय बालसिंह गुरुङ सात वर्षपछि पक्राउ परेका छन्।

अदालतको फैसलाअनुसार बाँकी कैद भुक्तान र जरिवाना असुल गर्न उनलाई कारागार चलान गरिएको छ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार गुरुङलाई कात्तिक ७ गते फेदीखोला प्रहरी चौकीबाट खटिएको टोलीले पक्राउ गरेको हो।

उनलाई कात्तिक ९ गते आवश्यक कारबाहीका लागि स्याङ्जा जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतको आदेशपछि बाँकी कैद भुक्तान र जरिवाना असुल गर्न कारागार कार्यालय स्याङ्जा पठाइएको डीएसपी अवस्थीले जानकारी दिए।

स्याङ्जा जिल्ला अदालतले २०७६ वैशाख १२ गते बहुविवाह मुद्दामा गुरुङलाई एक वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो। उक्त फैसलाविरुद्ध पुनरावेदन परेपछि उच्च अदालत पोखराले २०७६ मंसिर ९ गते जिल्लाको फैसला सदर गरेको थियो।

मुद्दाको अनुसन्धानका क्रममा गुरुङ २०७५ साउन ६ देखि २६ गतेसम्म प्रहरी हिरासतमा बसेका थिए। उक्त अवधि कैदबाट कट्टा गर्दा उनले ११ महिना ९ दिन कैद भुक्तान गर्न बाँकी रहेको अदालतको अभिलेखमा उल्लेख छ। साथै, पाँच हजार रुपैयाँ जरिवानासमेत असुल गर्नुपर्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij