२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

त्रिशूली किनारमा भेटिएको शंकास्पद वस्तु फुटाउँदा विस्फोट, दुई दाजुभाइ घाइते

सोमवार, कार्तिक ३ २०८३०७:०७

धादिङको बेनिघाट रोराङ गाउँपालिका–९, ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा फेला परेको शंकास्पद वस्तु कोठामा ल्याई फुटाउने क्रममा विस्फोट हुँदा दुईजना घाइते भएका छन् ।

सोमबार (कात्तिक २) दिउँसो करिब १:३० बजे काभ्रेपलाञ्चोकका ५३ वर्षीय कान्छा परियार र उनका दुई छोरा २६ वर्षीय जंगे र २४ वर्षीय रामचन्द्रले त्रिशूली किनारमा शंकास्पद वस्तु फेला पारी कोठामा ल्याएका थिए ।

उनीहरू ज्यामिरेघाटस्थित एउटा घरमा कोठा भाडामा बस्दै आएका छन् । उक्त शंकास्पद वस्तु फुटाउने क्रममा विस्फोट हुँदा त्यसको छर्राले जंगे र रामचन्द्र परियारको शरीरका विभिन्न भागमा चोट लागी घाइते भएका प्रहरीले जनाएको छ ।

घाइते दुवैजनालाई उपचारका निम्ति चितवन मेडिकल कलेज पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij