२०८३, कार्तिक १२ गते

बुधवार, कार्तिक १२ गते २०८३

पूर्वप्रधानन्यायाधीश जबरालाई घरमै सुरक्षा व्यवस्था

आइतवार, आश्विन ११ २०८३०३:५३

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सुरक्षा खतरा देखिएकाले उनको निवासमै सुरक्षा प्रदान गरिएको नेपाल प्रहरीले स्पष्ट पारेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक सन्तोष खड्काले पूर्वप्रधानन्यायाधीश जबराको सुरक्षा खतराको विषय उठेपछि उनलाई सुरक्षा दिएर राखिएको जानकारी दिए।

‘उहाँको सुरक्षाका विषयमा हामी संवेदनशील थियौँ, केही सुरक्षा खतराको कुरा आयो। प्रहरीको निगरानीमा उहाँलाई सुरक्षा दिएर राखेका थियौँ’, खड्काले भने, ‘उहाँले आफूलाई निवासमा सहज हुने भन्नुभएकाले अब उहाँलाई घरमै सुरक्षा प्रदान गर्छौं।’

सुरक्षा खतरा ठहर भएपछि जबरालाई गएराति सुरक्षित स्थानमा राखिएको प्रहरीले जानकारी दिएको छ।

अज्ञात जेनजी समूहबाट जवरालाई थ्रेट आएको भन्दै जवरालाई प्रहरीले मध्यरातमा उनकै निवासबाट नियन्त्रणमा लिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij