२०८३, श्रावण १३ गते

बुधवार, श्रावण १३ गते २०८३

सुनसरी देवानगञ्ज गोलीकाण्ड: कर्फ्यु जारी, एक जनाको मृत्यु

सोमवार, श्रावण ११ २०८३०९:२९

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीच भएको विवाद नियन्त्रण गर्ने क्रममा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पाँच वटा बजार क्षेत्रमा अर्को सूचना जारी नभएसम्मका लागि कर्फ्यु लगाएका हुन्। कर्फ्यु बिहान ७ बजेदेखि लागू भएको छ। कर्फ्यु अवधिमा मानिसहरूको आवतजावत, भेला, सभा, जुलुसलगायत गतिविधिमा रोक लगाइएको छ।

घटनामा देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जका २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीको गोली लागेर ८ जना प्रदर्शनकारी घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

आइतबार राति युवाहरूको एउटा समूह डीजे बजाउँदै साउने सोमबारको बोलबम यात्राका लागि सप्तकोशी नदीतर्फ जाने तयारीमा थियो। रातिको समयमा ठूलो आवाजमा होहल्ला भएको भन्दै अर्को समूहले त्यसको विरोध गरेपछि विवाद सुरु भएको थियो।

विवाद बढ्दै गएपछि दुई पक्षबीच झडप भयो। स्थिति नियन्त्रणबाहिर गएपछि प्रहरीले हस्तक्षेप गरेको थियो। झडप हिंसात्मक बनेपछि प्रहरीले गोली चलाएको थियो।

कर्फ्यु लागू भएका क्षेत्रहरू:

स्थानीय प्रशासनले थप घटना हुन नदिन निम्न क्षेत्रमा कर्फ्यु लगाएको छ:

                  हरिनगरा बजार क्षेत्र

    • पूर्व: नूनिया टोल
    • पश्चिम: खुनिया धार
    • उत्तर: हरिनगर गाउँपालिका कार्यालय
    • दक्षिण: बसन्तपुर मोड
    • भुटाहा बजार क्षेत्र
    • पूर्व: मोरीया धार खोला
    • पश्चिम: इदगाहा फिल्ड
    • उत्तर: सुनसरी खोला
    • दक्षिण: हरिनगर गाउँपालिका कार्यालय
    • कप्तानगन्ज बजार क्षेत्र
    • पूर्व: यादव टोल
    • पश्चिम: पाँचौ सिमल मावि
    • उत्तर: कृष्ण मावि
    • दक्षिण: नेपाल–भारत सीमा क्षेत्र
    • घुस्की बजार क्षेत्र
    • पूर्व: कासमिया मदरसा
    • पश्चिम: प्रहरी चौकी घुस्की
    • उत्तर: इशा हार्डवेयर
    • दक्षिण: हिलाल पब्लिक स्कुल
    • देवानगञ्ज बजार क्षेत्र
    • पूर्व: विराटनगर जाने बाटोको मुसहर टोल
    • पश्चिम: मोरीया खोला
    • उत्तर: चिउरा मिल
    • दक्षिण: गाउँपालिका कार्यालय

झडपपछि राति करिब १२ बजे सुरक्षा समितिको बैठक बसेको थियो। त्यसपछि प्रमुख जिल्ला अधिकारीले बिहान ७ बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेका थिए।

हाल कप्तानगन्ज क्षेत्रमा अवस्था सामान्य रहेको प्रशासनले जनाएको छ। थप हिंसात्मक गतिविधि रोक्न हरिनगर गाउँपालिका र देवानगञ्ज गाउँपालिका क्षेत्रभित्र सुरक्षा व्यवस्था कडा बनाइएको छ।

घटनाको वास्तविक कारण, प्रहरीको गोली चलाउने निर्णय र जिम्मेवारीबारे थप अनुसन्धान आवश्यक देखिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij