२०८३, श्रावण १३ गते

बुधवार, श्रावण १३ गते २०८३

अध्ययन बिदामा विदेश गएका त्रिविका करिब ३ सय शिक्षक–कर्मचारी सम्पर्कविहीन, २ अर्बभन्दा बढी रकम असुलीको प्रक्रिया सुरु

शुक्रवार, जेठ २२ २०८३०७:४५

अध्ययन बिदामा विदेश गएर सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालय (त्रिवि) का करिब ३ सय प्राध्यापक तथा कर्मचारी अझै सम्पर्कविहीन रहेका छन्। त्रिविले उनीहरूबाट अध्ययन बिदाका क्रममा प्राप्त तलब तथा सुविधा फिर्ता गराउन अभियान तीव्र बनाएको छ।

त्रिविका अनुसार अध्ययन बिदामा गएका ३९८ जना शिक्षक तथा कर्मचारीलाई पाँच वर्षमा करिब २ अर्ब रुपैयाँभन्दा बढी तलब तथा सुविधा भुक्तानी गरिएको थियो। तर अध्ययन पूरा गरेपछि सेवामा फर्किनुपर्ने प्रतिबद्धता पूरा नगरी धेरैजसो विदेशमै बसोबास गर्न थालेपछि रकम असुली प्रक्रिया अघि बढाइएको हो।

हालसम्म ४४ जनाबाट ११ करोड रुपैयाँ फिर्ता भइसकेको छ भने ६१ जना सम्पर्कमा आएका छन्। बाँकी ठूलो संख्या अझै सम्पर्कबाहिर रहेको छ।

शिक्षामन्त्री सस्मित पोखरेलले अध्ययन बिदा र विश्वविद्यालयका सुविधाको दुरुपयोग गरी सेवामा नफर्किने प्रवृत्तिले विश्वविद्यालयलाई आर्थिक, शैक्षिक र नैतिक क्षति पुगेको भन्दै कानुनी प्रक्रिया थप प्रभावकारी बनाइएको बताएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij