२०८३, श्रावण १३ गते

बुधवार, श्रावण १३ गते २०८३

युएन डिपि कविता प्रतियोगितामा कर्णालीका किशोर आचार्य प्रथम

मंगलवार, फाल्गुण २७ २०८१०९:३९

काठमाडौं । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) द्वारा आयोजित राष्ट्रिय कविता प्रतियोगितामा कर्णाली प्रदेशका किशोर आचार्य प्रथम भएका छन्। कालिकोट जिल्लाको शुभकालिका–६, हाउडिमा रहेको चन्द्र सूर्य माध्यमिक विद्यालय, कक्षा १० मा अध्ययनरत आचार्यले "न्यायको खोजी" शीर्षकको कविता प्रस्तुत गरेका थिए। देशभरका सातवटै प्रदेशका प्रथम स्थान हासिल गरेका प्रतियोगीबीच भएको अन्तिम प्रतिस्पर्धामा उनले उत्कृष्ट प्रस्तुति दिँदै शीर्ष स्थान हासिल गरे।

प्रतियोगितामा मधेश प्रदेश दोस्रो र लुम्बिनी प्रदेश तेस्रो भएका थिए। कवितामा महिला हिंसा, अधिकार र वातावरण संरक्षण जस्ता महत्वपूर्ण सामाजिक मुद्दाहरू उठाइएका थिए।

निर्णायक मण्डलका अनुसार आचार्यको कविता समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने खालको मात्र नभई कलात्मक शैलीमा प्रस्तुत गरिएको थियो, जसले उनलाई पहिलो स्थान दिलायो। पुरस्कार ग्रहण गर्दै किशोर आचार्यले भने, "न्याय केवल अदालतमा खोज्ने कुरा होइन, समाजमा समानता, सम्मान र सचेतनाको स्तर बढाउन सके न्याय स्थापना गर्न सकिन्छ।" युएन डिपि नेपालका प्रतिनिधिहरूले प्रतियोगिता सफल भएको बताउँदै विजयी कविताहरूलाई विभिन्न माध्यमबाट प्रचार–प्रसार गर्ने प्रतिबद्धता जनाएका छन्।

आचार्यको सफलताले कर्णाली प्रदेशको साहित्यिक पहिचानलाई थप बलियो बनाउँदै नयाँ पुस्तालाई सिर्जनात्मक लेखनतर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार
ताजा समाचार
  • Site BY Sobij