दसैँको लामो बिदापछि आजदेखि नेपाली सेयर बजार खुल्दै छ। बिदाअघि लगातार सात कारोबार दिन सामान्य सुधार देखिएको बजारले त्यसलाई निरन्तरता दिन्छ कि दिँदैन भन्ने चासो लगानीकर्तामा देखिएको छ।
दसैँअघि असोज ३० गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.२३ अंकले बढेर २ हजार ६३४.१७ बिन्दुमा पुगेको थियो। उक्त दिन ४ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो।
लामो बिदापछि खुल्ने बजारमा लगानीकर्ताको मनोविज्ञान, खरिद माग र बिक्रीका लागि आउने सेयरको परिमाणले बजारको दिशा निर्धारण गर्ने देखिन्छ।
बिदाअघि देखिएको सामान्य सुधारले निरन्तरता पाउने वा बजारमा बिक्री चाप बढ्ने भन्ने विषयमा लगानीकर्ताको ध्यान केन्द्रित भएको छ। आजको कारोबारले बिदापछिको बजारको प्रारम्भिक प्रवृत्तिबारे संकेत दिने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस