नेपाली कथानक चलचित्र "भागदौड" प्रदर्शनमा आएको छ । यो चलचित्र देशभरका हलहरुमा एकसाथ प्रदर्शनमा आएको हो । चलचलचित्र हेरि सकेपछी सु.प.का प्रथम नायक तथा बरिस्ठ चलचित्रकर्मी अम्बिका प्रसाद आचार्य भन्नू हुन्छ बलिउड स्तरको कमेडियन नेपाली चलचित्र हेर्दा हिन्दी फिल्म "भागमभाग" ,"फिर हेराफेरि"खट्टामिठा जस्ता चलचित्र लाई बिर्साउने उत्कृष्ट लाग्यो । यस्ता फिल्म बन्न जरुरी छ नेपालमा यसले दर्सक लाई फिल्म हल मा आकर्षण गर्न र भिड गराउन सफल हुनेछ भन्नू भयो। मुख्य भूमिकामा पर्दामा देखिने सु.प. धनगढी कैलाली , धनगढी उपमहानगरपालिका शिवनगर का कलाकार हुन र अर्काे ससक्त मुख्य भुमिकामा कलाकार विशाल पोखरेल रहेका छन् ।उनी पनि अभिनय मा खप्पिस देखिन्छन् ।
धनगढीको एसटीएस सिनेमा हलमा पनि यो नेपाली चलचित्र "भागदौड" प्रदर्शन भइरहेको छ । यो सिनेमाले आममानिसको जीवनको दौडधुपलाई चलचित्रको पर्दामा उतारिएको छ । जीवनको संघर्ष र यथार्थ बोकेको हास्यव्यङ्ग्य प्रधान चलचित्र भागदौडले सकारात्मक सन्देशहरु पनि दिएको छ ।
कलाकार जोशीले यो चलचित्रमा दर्शकलाई हसाउने र ‘इमोसनल’ बनाउने भुमिकामा सफलता पुर्वक आफ्नो क्षमता देखाएका छन । आममानिसको जीवनका दुख, पीडा र भोगाइका विषबस्तुलाई चलचित्रमा देखाउन खोजिएको छ । चलचित्रले नेवारी संस्कतिकलाई जोडेर आममानिसको यथार्थ र संघर्ष प्रस्तुत गरेको छ ।
जोशी र पोखरेल सँगै यो चलचित्रमा अनिषा श्रेष्ठ, शारदा राई, शेखर चापागाई लगायत कलाकार प्रमुख भूमिकामा छन् । त्यस्तै देशभक्त खनाल, लक्ष्मी गिरी, शंकर, महर्जन, सुशास तिमिल्सिना जस्ता सिनेमाको पर्दामा स्थापित कलाकारहरुको उत्कृष्ट अभिनय समेत रहेको छ ।
यो चलचित्र सुप्रिम म्युजिक एण्ड फिल्म प्रालिको प्रस्तुति हो । विश्वराम बिष्टले निर्माण गरेको चलचित्रको लेखन तथा निर्देशन हिमाल उप्रेतीले गरेका हुन् ।
चलचित्रका गीतहरुमा बसन्त सापकोटा र प्रकाश नेपालीको संगित भरेका छन् भने गीतको लेखन बसन्त सापकोटा र निर्देशक उप्रेतीले गरेका छन् । गीतहरुमा मिलन नेवार, अस्मिता अधिकारी र प्रल्हाद तिमिल्सिना जस्ता लोकप्रिय गायक गायिकाको उत्कृष्ट स्वर रहेको छ ।
जोशी नेपाली सिने क्षेत्रका स्थापित कलाकार हुन् । उनले चलचित्र, टेलिसिरियल, आदिमा मुख्य कलाकारको भूमिकामा अभिनय गर्दै बिज्ञापन मा समेत देखिएका छन ।
प्रतिक्रिया दिनुहोस